काठमाडौँ, असोज ।
नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले पार्टीको १५औँ महाधिवेशनका लागि केन्द्रीय सह–महामन्त्री (खुलातर्फ) पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
आगामी महाधिवेशनलाई लक्षित गर्दै उहाँले महाधिवेशन प्रतिनिधिहरूसँग सहयोग र समर्थनको अपिल गर्नुभएको हो। पूर्वगृहराज्यमन्त्री समेत रहिसक्नुभएका नेता कँडेलले जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, पालिका तहका सभापतिहरू तथा महाधिवेशन प्रतिनिधिहरूमाझ अमूल्य मतका लागि आग्रह गर्नुभएको छ।
उम्मेदवारी घोषणा गर्दै नेता कँडेलले भन्नुभयो, “आदरणीय सम्पूर्ण नेतागण, महाधिवेशन प्रतिनिधिज्यूहरू, जिल्ला/क्षेत्र/प्रतिनिधि सभा क्षेत्र/प्रदेश सभा क्षेत्र/पालिका सभापतिज्यूहरू, सम्पूर्ण शुभेच्छुक तथा जनसम्पर्क समितिका तर्फबाट प्रतिनिधित्व गर्नुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरू लगायत शुभचिन्तकहरूमा साथ, सहयोग र शुभेच्छासहित अमूल्य मतको अपेक्षा गर्दछु।”
लामो समयदेखि पार्टी सङ्गठन र संसदीय राजनीतिमा सक्रिय रहँदै आउनुभएका कँडेलको उम्मेदवारीले १५औँ महाधिवेशनको आन्तरिक प्रतिस्पर्धालाई थप रोचक बनाएको छ







Leave a Reply