भक्तपुरमा स्वतन्त्र पत्रकार संघका पदाधिकारीलाई ड्रोन उडानसम्बन्धी प्रशिक्षण

भक्तपुर, कात्तिक। स्वतन्त्र पत्रकार संघका पदाधिकारीहरूलाई ड्रोन उडानसम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ। पत्रकारितामा ड्रोन प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले भक्तपुरमा आयोजित प्रशिक्षणमा संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

प्रशिक्षणमा नाइन मण्डला कमलविनायक भक्तपुरका संस्थापक श्रृतिक श्रेष्ठसहित तीन जना प्रशिक्षकले ड्रोन उडाउने तरिका, यसको सञ्चालन प्रक्रिया तथा व्यावहारिक प्रयोगबारे जानकारी दिएका थिए।

प्रशिक्षकहरूले ड्रोनको प्रयोगबाट समाचार संकलन, फोटो तथा भिडियो छायांकनलाई थप प्रभावकारी बनाउन सकिने बताए। विशेषगरी समाचारका लागि आवश्यक दृश्यहरू विभिन्न कोणबाट कैद गर्न ड्रोन प्रविधि उपयोगी हुने उनीहरूको भनाइ थियो।

प्रशिक्षणमा सहभागी पत्रकारहरूलाई ड्रोन सञ्चालनको आधारभूत सीप तथा यसको सुरक्षित प्रयोगबारे समेत जानकारी दिइएको थियो। कार्यक्रमले पत्रकारितामा आधुनिक प्रविधिको प्रयोग बढाउन र पत्रकारहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। तालिमलाई भावी दिनमा पनि आवश्यता अनुसार अगाडि लाने स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय सदस्य प्रेमध्वज लामाले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *