मध्यपुर थिमि घुस प्रकरणः यस्तो आयो घुसको कारण

थिमि । ठेकेदारलाई ठेक्काको रकम भुक्तानी दिने क्रममा कमिसन मागेको आरोपमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे पक्राउ परेको हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार अपराह्न नगरपालिकाको कार्यालयबाटै उनलाई नियन्त्रणमा लिएको थियो ।
प्राप्त विवरणअनुसार घिमिरेले ठेक्काको रकम भुक्तानीका लागि कमिसन मागेको सूचनापछि अख्तियारले निगरानी बढाएको थियो । सोही क्रममा उनी ३३ लाख रुपैयाँसहित पक्राउ परेका हुन् ।
अख्तियारका सहायक प्रवक्ता पर्वत गिरीले नगरपालिकामा गरिएको कारबाहीका क्रममा कर्मचारी पक्राउ परेको पुष्टि गरेका छन् । कुन ठेक्काको भुक्तानीका लागि रकम मागिएको हो, त्यसको कुल लागत कति थियो र घटनामा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विवरण खुल्न बाँकी छ । घटनाबारे अख्तियारले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *