भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ७ जना फरार प्रतिवादी पक्राउ

भक्तपुर, ३० भदौ । जिल्ला अदालत भक्तपुरबाट फैसला भई सजाय तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ७ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ

जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी तथा जगातीसहित मातहतका प्रहरी टोलीले मङ्गलबार फैसला कार्यान्वयन अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरी अदालतमा पेस गरेको हो

प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी दिपक कुमार कार्कीका अनुसार पक्राउ पर्नेहरूमा बैंकिङ कसुर र चेक अनादर मुद्दाका फरार प्रतिवादीहरू रहेका छन्

  • बैंकिङ कसुर: ४ जना प्रतिवादी (जम्मा ७ दिन कैद र रु. ५५,०१,००० जरिवाना)

  • चेक अनादर: ३ जना प्रतिवादी (जम्मा ४ वर्ष कैद र रु. १९,२९,३५० जरिवाना)

पक्राउ परेका सबै ७ जना प्रतिवादीहरूबाट कुल ४ वर्ष ७ दिन कैद र रु. ७४,३०,३५० (चौहत्तर लाख तीस हजार तीन सय पच्चीस) बराबरको जरिवाना असुल हुन बाँकी रहेको प्रहरीले जनाएको छ। आवश्यक कारबाहीका लागि उनीहरूलाई जिल्ला अदालत भक्तपुरमा बुझाइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *