राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

काठमाडौं । पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले सामाजिक क्षेत्रमा विभिन्न व्यक्ति तथा संस्थाहरू सक्रिय भइरहेका छन्। यसै क्रममा काठमाडौंमा रहेको Uniglobal International Educational Foundation का संस्थापक सञ्जीव लम्साल सहितको टोली ले नुवाकोट तथा गल्छी क्षेत्रका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ।

बाढीका कारण दैनिक जीवन प्रभावित भएका स्थानीय बासिन्दालाई केही राहत पुगोस् भन्ने उद्देश्यले विशेषत विद्यार्थीलाई झोला, एक दर्जन कपी र कलम, ज्योमेट्री बक्स, खाद्यान्न, चप्पल, टेन्ट, कराई, कुकर, ओड्ने ओछ्याउने, तथा आवश्यक राहत सामग्री वितरण गरिएको हो। उक्त राहत अभियानमा कन्सल्टेन्सी व्यवसायी तथा सामाजिक अभियन्ता सञ्जीव लम्सालको सक्रिय सहभागिता का साथै विभिन्न सामग्रीहरू को योगदान रहेको थियो।

राहत वितरणका लागि आवश्यक सामग्री नेपालका विभिन्न संघसंस्थाहरू बाट संकलन गर्नुका साथै हङकङको नेचुरल साउण्ड हिलिंग ईन्टरनेशनल स्कुलका विधार्थी हरु बाट समेत सहयोग प्राप्त भएको बताइएको छ। विदेशमा रहेका नेपाली तथा सहयोगी मन भएका व्यक्तिहरूको सहयोगमा प्राप्त सामग्रीलाई प्रभावित क्षेत्रमा पुर्‍याई आवश्यकताअनुसार वितरण गरिएको हो।

सञ्जीव लम्साल लामो समयदेखि शिक्षा तथा कन्सल्टेन्सी व्यवसायमा सक्रिय रहँदै आएका एक कुशल व्यवसायीका रूपमा परिचित छन्। व्यवसायिक क्षेत्रसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नुपर्ने धारणा उनको रहेको छ।

राहत वितरणका क्रममा प्रभावित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था तथा आवश्यकताबारे जानकारीसमेत लिइएको थियो। विपद्को समयमा पीडित परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउनुका साथै आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता लम्सालले व्यक्त गरेका छन्।

उनले आगामी दिनमा पनि बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि सक्दो सहयोग गर्दै जाने प्रतिबद्धता जनाएका छन्। राहत वितरणलाई एकपटकको कार्यक्रमका रूपमा मात्र नभई आवश्यकता र परिस्थितिअनुसार निरन्तर सामाजिक सहयोगका रूपमा अघि बढाउने उनको भनाइ छ।

बाढी तथा प्राकृतिक विपद्का कारण समस्यामा परेका नागरिकलाई सरकारी तथा गैरसरकारी क्षेत्रसँगै निजी क्षेत्र, व्यवसायी र सामाजिक अभियन्ताहरूले समेत हातेमालो गर्दै सहयोग गर्नुपर्ने आवश्यकता देखिएको छ। यस्तो अवस्थामा Uniglobal International Educational Foundation तथा सञ्जीव लम्सालको सहयोगले विपद् प्रभावित परिवारलाई केही हदसम्म राहत पुग्ने अपेक्षा गरिएको छ। लम्सलका अनुसार, सरकारले आफ्नो ठाउँबाट गरिराखेको छ तर एउटा जिम्मेवार नागरिकको हैसियतले यस विपतको घडीमा आफ्नो ठाउँबाट सम्पूर्णले सक्दो सहयोग गर्यौं भने प्रभावित क्षेत्रहरूलाई पुरानै अवस्थामा फर्किन धेरै नै सहज हुनेछ।

मानवीय सेवाको भावनासहित गरिएको यस्तो सहयोगले विपद्को समयमा समाजमा एकता, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना अझ बलियो बनाउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *