भक्तपुरमा फरार ५ प्रतिवादी पक्राउ

भक्तपुर, २९ भदौ — जिल्ला अदालत भक्तपुरबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय ठहर भई फरार रहँदै आएका प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ
जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी तथा प्रहरी वृत्त जगाती र मातहतका टोलीले फैसला कार्यान्वयन अभियानअन्तर्गत मिति २०८३ भदौ २९ गते फरार रहेका ५ जना प्रतिवादीहरूलाई नियन्त्रणमा लिएको हो
पक्राउ पर्नेहरूमा बैंकिङ कसुर मुद्दाका २ जना, चेक अनादर मुद्दाका २ जना र लेनदेन मुद्दाका १ जना रहेका छन्। अदालतको फैसलाअनुसार उनीहरूबाट कुल ३ वर्ष ६ दिन कैद सजाय र २ लाख १८ हजार रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको थियो
विभिन्न मुद्दामा सजाय ठहर भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत भक्तपुरमा पेस गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दिपक कुमार कार्कीले जानकारी दिनुभयो

मुद्दागत विवरण:

  • बैंकिङ कसुर: २ जना (६ दिन कैद र रु. २,१५,००० जरिवाना)

    चेक अनादर: २ जना (२ वर्ष कैद र रु. ३,००० जरिवाना)
  • लेनदेन: १ जना (१ वर्ष कैद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *