भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (NEC) ले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि १० लाख २ हजार ६ सय ४३ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ।
कलेजका शिक्षक, कर्मचारी तथा कलेजको तर्फबाट संकलित रु. १०,०२,६४३ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको कलेजले जनाएको छ।
कलेजले विपद्को समयमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै राहत तथा पुनःस्थापनाका लागि आफ्नो तर्फबाट सहयोग गरेको जनाएको छ।
नेपाल इन्जिनियरिङ कलेजले भोटेकोशी बाढीबाट प्रभावित सबैप्रति सहानुभूति तथा ऐक्यबद्धता व्यक्त गर्दै आफ्नो सहयोगले विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनामा केही योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।












Leave a Reply