प्रधानमन्त्री राहत कोषमा जेन्युइन स्कुलको १० लाख सहयोग

भक्तपुर । भक्तपुरको जेन्युइन स्कुलले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख वढी सहयोग गरेको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायणभक्त थाले मंगलबार भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कालाई १० लाख ५०५ रुपैयाँं सहयोग हस्तान्तरण गरेको हो ।
प्रशाशन कार्यालयमा विद्यार्थीसहित शिक्षक, कर्मचारीहरु सहभागी भई जम्मा भइसकेको रकमको भौचर प्रमुख जिल्ला अधिकारी खड्कालाई हस्तारण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वबहादुर दुवाललगायतको नेतृत्वमा स्कुलका प्रिन्सिपललगायतको टोलीले प्रमुख जिल्ला अधिकारी खड्कालाई कार्यकक्षमा पुगेर सहयोग रकमको भौचर बुझाइएको हो । विद्यार्थी, स्कुलका शिक्षक कर्मचारी तथा स्कुलकोतर्फबाट उक्त रकम संकलन गरेको कार्यक्रममा जनाइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *