भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार २०८३ असोज १३ गते प्रहरी वृत्त ठिमी, जगाती तथा मातहतका प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी जिल्ला अदालत भक्तपुरमा बुझाएको हो।
पक्राउ पर्नेहरूमध्ये दुई जना बैंकिङ कसुर मुद्दाका प्रतिवादी रहेका छन् भने एक जना लागूऔषध मुद्दाका प्रतिवादी रहेका छन्।
प्रहरीका अनुसार बैंकिङ कसुर मुद्दामा पक्राउ परेका प्रतिवादीबाट कुल ९३ हजार ७ सय ७५ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने छ। साथै, उक्त मुद्दामा दुई दिन कैद सजायसमेत कार्यान्वयन गर्नुपर्ने देखिएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरले प्रेस विज्ञप्ति जारी गर्दै फैसला कार्यान्वयनका क्रममा फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको जनाएको छ।












Leave a Reply