असोज १३ गते । मुलुकमा स्थायी शान्तिको कामना गर्दै मध्यपुर थिमि नगरपालिका वडा नं. ६ दुवाफल्चा टोल परिवार तथा दुवाफल्चा भजन मण्डल थानेले उपत्यकाका चार गणेशको बिशेष पुजा कार्यको आयोजना गरेको छ । स्थानीय दुवाफल्चाबाट शुरू भएको बिशेष पुजा चपाचो, सिद्धिकालिहुदै उपत्यकाको चार गणेश क्रमशः भक्तपुरको सुर्यबिनायक, चोभारको जलबिनायक, काठमाडौंको मरूटोलस्थित अशोक बिनायक र चावहिलको चन्द्रबिनायक मन्दिरमा नेवारी भोज चढाई बिशेष पुजा गरिने आयोजक तथा स्थानीय बासिन्दा कृष्णमान प्रजापतिले जनाएको छ । धिमेबाजा तथा बासुरि बाजाका साथ करिव १ हजार १ सय भन्दा बढि महिला तथा पुरूष श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको सो बिशेष पुजामा नेवारी परम्परागत भेषभुषा हाकुपटासीमा सजिएर सहभागी महिलाहरूले आआफ्नो गक्ष अनुसारको कुनै न कुनै खानेकुराहरू चढाएको थियो । कला, संस्कृतिले धनि नगरपालिकाभित्र स्थानीय सामाजिक संघसंस्थाहरूले यस प्रकारको धार्मिक कार्यहरू बिभिन्न समयमा गर्दै आइरहेको छ ।
उपत्यकाको चार गणेश मन्दिरको बिशेष पुजा












Leave a Reply