फुटसल प्रतियोगितामा विनायकको अर्को उत्कृष्ट सफलता

मध्यपुर थिमि । विनायक शिक्षा निकेतन इङ्लिस सेकेन्डरी स्कुलले जिल्ला-व्यापी अन्तरविद्यालय फुटसल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम उपविजेता (First Runner-up) को उपाधि हासिल गरेको छ। सुप्रिम एकेडेमीको आयोजनामा असोज १० र ११ गते सम्पन्न जिल्ला-व्यापी अन्तरविद्यालय फुटसल प्रतियोगितामा विभिन्न विद्यालयका २७ टोलीले उत्साहपूर्वक सहभागिता जनाएका थिए। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै विनायक शिक्षा निकेतन र सैनिक स्कुल फाइनलमा प्रवेश गर्न सफल भएका थिए। फाइनलसम्मको यात्रामा विनायकका खेलाडीहरूले आफ्नो खेल कौशल, अनुशासन, आत्मविश्वास, मेहनत र उत्कृष्ट टिमवर्क प्रस्तुत गर्दै प्रभावशाली प्रदर्शन गरे। अन्ततः विनायकले प्रथम उपविजेताको उपाधि हासिल गरी विद्यालयको खेलकुद क्षेत्रमा अर्को उल्लेखनीय सफलता थपेको हो। प्रतियोगिताको समापन समारोहमा मध्यपुर थिमि नगरपालिकाको सामाजिक विकास विभागका प्रमुख श्री ज्ञानेन्द्र भट्टज्यूले विजेता तथा उपविजेता टोलीलाई ट्रफी, पदक तथा नगद पुरस्कार प्रदान गर्नुभयो। विनायक शिक्षा निकेतनले विद्यार्थीहरूको शैक्षिक विकाससँगै खेलकुद, सिर्जनशीलता, नेतृत्व, अनुशासन र सहकार्यको भावना विकासलाई पनि निरन्तर प्राथमिकता दिँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *