नबराज काफ्ले
भक्तपुर, आश्वीन १०
भक्तपुर जिल्लास्थित रोम्बस स्कुलमा आज आयोजित एक विशेष समारोहका बीच बागमती प्रदेशका मुख्यमन्त्री माननीय किरण थापा मगरलाई बधाई तथा सम्मान ज्ञापन गरिएको छ। रोम्बस विद्यालय परिवारको आयोजना तथा सोही विद्यालयका प्रध्यानध्यापक डाक्टर राजेन्द्र कोजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रदेश सरकार प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्नुभएकोमा मुख्यमन्त्री थापा मगरलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सु-सम्मान गरिएको हो।
कार्यक्रममा भक्तपुर जिल्लाका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो । समारोहमा चाँगुनारायण नगरपालिकाका पूर्व नगर प्रमुख सोमप्रसाद मिश्र, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, राष्ट्रिय समाचार समिति (रासस) का भक्तपुर प्रतिनिधि रमेश गिरी,स्थानीय समाजसेवी एवम पत्रकार नबराज काफ्ले लगायत जिल्लाका विभिन्न सामाजिक, शैक्षिक तथा साहित्यिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सम्मान कार्यक्रममा बोल्दै वक्ताहरूले मुख्यमन्त्री थापा मगरको नेतृत्वमा बागमती प्रदेशको समृद्धि, शिक्षा क्षेत्रको सुधार र वागमती प्रदेशको समग्र विकासले नयाँ गति लिने विश्वास व्यक्त गरे । सो अवसरमा रोम्बस स्कुलका शिक्षक, विद्यार्थी तथा सञ्चालक समितिका पदाधिकारीहरूले मुख्यमन्त्रीलाई सम्मान पत्र प्रदान गर्दै बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विद्यालय परिवारको बाक्लो सहभागिता रहेको थियो।












Leave a Reply