भक्तपुरबाट उज्यालो नेपाल पार्टी प्रवेश गर्नेहरु कुन नगरपालिकाका कोको हुन् ?

भक्तपुर । उज्यालो नेपाल पार्टीको शनिबार भक्तपुरमा भएको कार्यक्रममा झण्डै आधा दर्जन भक्तपुरेहरु पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुलाई पार्टीका केन्द्रिय उपमहासचिव जीतराम लामाले टिका लगाई दिई स्वागत गरे । पार्टी प्रवेश गर्नेहरुमा सूर्यविनायक नगरपालिकाका तीन जना, चाँंगुनारायण नगरपालिकाका दुई जना र भक्तपुर नगरपालिकाका एक जना रहेका छन् । सूर्यविनायक नगरपालिका वडा नं ६ का सोविता गौतम, ७ का कुमार लामा, ७ कै सञ्जीव तामांग रहेका छन् । यस्तै चाँंगुनारायण नगरपालिका ८ का मानबहादुर लामा, ९ का हरिबहादुर गिरी रहेका छन् । यस्तै भक्तपुर नगरपालिका वडा नं ४ का रमेश किलम्वू रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *