दुई साहित्यकार र दुई विद्यार्थी समान्नित

चक्रपाणि स्मारक प्रतिष्ठानले १४४ औँ स्मृति दिवस सम्पन्न गरेको छ । सूर्यविनायक नगरपालिकाका नगरप्रमुखको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा दुई साहित्यकार र दुई विद्यार्थी समान्नित भएका छन् । प्रमुख अतिथि थापाले मुर्धन्य साहित्यकार एवम् भाषावीद चक्रपाणि चालिसेको १४४ औँ जन्मजयन्तीको अवसरमा आयोजित सो कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् मुत्ररोग विशेषज्ञ प्राडा अर्जुनदेव भट्टज्यूलाई ” रु. २० हजार राषिसहितको चक्रपाणि स्मरण पुरस्कार २०८३, नङखेलस्थित मदरल्याण्ड इङ्गलिश बोर्डिङ स्कुलकी छात्रा रोहिणी शिल्पकार र गाम्चास्थित रेन्बो इङ्गलिश सेकेन्डरी स्कुलका छात्र युनिक निरौलालाई जनही रु. ५०५५/- राषिसहितको (वैजनाथ चालिसे र उनकी धर्मपत्नीको नाममा स्थापित) वैजनाथ शुभद्रा चालिसे प्रोत्साहन पुरस्कार २०८३ र युवाकवि शशिश्री आचार्यलाई गोमाश्री वाङ्मय पुरस्कार-२०८३ द्वारा सम्मान गरेका हुन् । चक्रपाणि स्मारक प्रतिष्ठानद्वारा वार्षिकरूपमा प्रकाशित ह्ज्ने चक्रपाणि साहित्य वार्षिकको चौँथो अङ्क कविता विशेषाङ विमोचनपछि प्रमुख अतिथि वासुदेव थापाले सूनपाको विकास र समृद्धिमा कुनै कसर नछोडेको बताए । उनले आफ्नो कार्यकाल नेपालको संविधान अनुसार ६ महिना मात्र बाँकी रहेको र गर्नुपर्ने काम धेरै भएकाले दृढ भएर लागिपरेको र जनताले उहाँलाई साथ दिएकामा धन्यवाद दिए। साथै, नेपाली भाषा साहित्य र समग्र वाङ्मयको उन्नयनमा समर्पित चक्रपाणि स्मारकको स्तरवृद्धि र स्थागित्वका लागि रु. २ लाख ५० हजार नपाले बजेट निकासा गर्ने र थप १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धा पनि व्यक्त गर्दै शुभकामना व्यक्त गरे । मन्तव्यकै क्रममा विशिष्ट अतिथि एवम् सूनपा वडा नं ५ का वडाध्यक्ष राजकुमार जोशीले शुभकामना कटुञ्जे चक्रपाणि चालिसेलगायत अनेकौँ डाक्टर, प्राध्यापक, साहित्यकार, सङ्गीतकार एवम् विभिन्न व्यक्तिव्यक्त्वको जन्मथलो र बासस्थान भएको जिकिर गरे । उनले आफ्ना पिताका नाममा रु. ५१ हजार चक्रपाणि स्मारक प्रतिष्ठानको कोषवृद्धिका लागि प्रदान गर्ने घोषणा गर्नुभयो । कार्यक्रममा युवा, विद्यार्थी र स्थापित पुस्ताका ५१ कविले कविता वाचन गरेका थिए । कार्यक्रममा आमन्त्रित सम्पूर्ण अतिथिहरूलाई उहाँहरूको समय, लगन, मूल्य मान्यता र संस्कारजन्य भौतिक उपस्थितिका लागि प्रतिष्ठानका सदस्य सचिव एवम् चक्रपाणि साहित्य वार्षिकका कार्यकारी सम्पादक रामगोपाल आशुतोषले धन्यवाद ज्ञापन गरे । साथै प्रकाशित चक्रपाणि साहित्य वार्षिकका लागि कविता पठाउनुहुने एकान्न्नब्बे कविका ९१ कविताका लागि पनि कृतज्ञता व्यक्त गरे । कार्यक्रम प्रतिष्ठानका अध्यक्षको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *