पुस्तक र पुस्तकालय विषयमाथि अन्तरसंवाद

भक्तपुर, भदौ २१ । बुक क्लब भक्तपरको आयोजनामा पुस्तकालय दिवसको अवसरमा आइतबार पुस्तक र पुस्तकालय विषयमाथि अन्तरसंवाद कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा नेपालय प्रकाशनका सम्पादक बिमल आचार्यले पढ्नको लागि पुस्तकको अनिवार्य आवश्यकता र पहुँचवालाको लागि डिजिटल लाइव्रेरी आवश्यक भएझैं गरिब निमुखा बालबालिकाको लागि भौतिक पुस्तकालयको प्रयोग आवश्यक रहेको बताउनुभयो । उहाँले धनसम्पतिले गरिब भएपनि बौद्धिक रुपले समृद्ध भएकाहरुसँग सरकार डराउने र दुई दिने विदामा विद्यार्थीहरु के कस्ता कुरामा व्यस्त भइरहेका छन्, भन्ने विषयमा सरकार त्यसमा चुकेको बताउँदै राज्यको सम्पूर्ण संयन्त्र रहेको काठमाडौंमा बालबालिकाको लागि बाल पुस्तकालय संचालन गर्न जोड दिनुभयो । उहाँले गत वर्षको भदौ २३ र २४ को विध्वंशले क्षति भएको पुस्तक लगायत विभिन्न कागजात नष्टको क्षतिको विवरण हालसम्म पनि सार्वजनिक गर्न नसकेको बताउँदै अध्ययन र अनुसन्धानबाट तयार भएको मानव सभ्यता र इतिहासका पुस्तकहरु जलाएर नयाँ पुस्तालाई प्रविधिको नाउँमा भ्रम छर्दै अपराध गरेको बताउनुभयो । सत्संग पुस्तकालयका अभियानकर्ता जीवन सुवालले विगतमा महंगो पढाई दुर्लभ भएकोले दु ख गरी पुस्तकको अध्ययन गर्दा पुस्तकमा गर्ने प्रेमले जीवनमा बेग्लै आनन्द आएको तर अहिले पढाई सुलभ भए तापनि अभिभावकको सन्तानप्रति लक्ष्य निर्धारण सहितको दबाबले नयाँ पुस्ता अध्ययनमा रुचि नदेखाएको चिन्ता व्यक्त गर्नुभयो । उहाँले पुस्तक अध्ययनको लागि आ आपूmसँग भएको पुस्तकको साथीसाथीबिच छलफल, अध्ययन समूह तथा त्यसको अन्तक्र्रिया, गोष्ठीको माध्यमबाट अभिव्यक्त गर्न दिएमा अध्ययनप्रति रुचि जाग्ने बताउँदै समाजको अवस्था अनुसार अध्ययनको शैलीलाई बदल्नुपर्ने विचार राख्नुभयो । सोही कार्यक्रममा विभिन्न विद्यालय कलेज तथा सामुदायिक पुस्तकायलका प्रतिनिधि वा पुस्तकालयकर्मीहरुसँग अन्तक्र्रिया गरेको थियो । हरेक महिना फरक पुस्तक र विषयमाथि अन्तरसंवाद गरिँदै आएको बुक क्लबका अध्यक्ष दिनेश प्रधानले कार्यक्रमका प्रमुख वक्ताहरुलाई गोर्खा ईको प्यानलको सहयोगमा मायाको चिनो प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *