रसुवागढी बाढीमा ज्यान गुमाएकाप्रति नेपाल इन्जिनियरिङ कलेज परिवारद्वारा श्रद्धाञ्जली

भक्तपुर, भदौ २२ गते। नेपाल इन्जिनियरिङ कलेज परिवारले रसुवागढी क्षेत्रमा आएको विनाशकारी बाढीका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली तथा शोकसभा आयोजना गरेको छ।

कलेज परिसरमा आयोजित कार्यक्रममा कलेज परिवारका सदस्यहरू एकै ठाउँमा भेला भई बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा केही समय मौनधारण गरेका थिए। सहभागीहरूले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।

कार्यक्रममा बाढीका कारण ज्यान गुमाएकाहरूको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै विपद्को यस घडीमा पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाइएको थियो।

कलेज परिवारले विपद्का कारण उत्पन्न पीडा शब्दले मात्र मेटाउन नसकिने भए पनि दुःख र पीडाको यस घडीमा एकताबद्ध भएर प्रभावित परिवार तथा समुदायसँग उभिनु महत्वपूर्ण रहेको जनाएको छ।

रसुवागढी बाढीबाट प्रभावित सबैप्रति सहानुभूति प्रकट गर्दै कलेज परिवारले विपद्बाट प्रभावित परिवारको दुःखमा आफूहरू पनि सहभागी रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *