आज मिति २०८३ भाद्र २० गते शनिबारका दिन युवा बौद्ध पुचः भक्तपुरको आयोजनामा स्टार बैक्वेट मूलाँला, कमलविनायकमा युवाहरूको लागि ‘मैले देख्न चाहेको मेरो भविष्य’ विषयमा प्रशिक्षक देवेन्द्र मानन्धरज्यूबाट अन्तर यात्रा कार्यक्रम सम्पन्न भयो । युवापिँढीहरूलाई आजको आवश्यकता अनुसार नैतिकवान बनाउँदै आफ्नो भविष्य आफै निर्माण गर्न प्रेरित अन्तर-यात्रा कार्यक्रममा २० वर्ष देखि ३० वर्ष सम्मको विभिन्न क्षेत्र संग सम्बन्धित बिद्यार्थीहरू १२० जनाको उपस्थित रहेको थियो । तालिम प्रमुख प्रशिक्षक देवेन्द्र मानन्धर (बरदेश) ज्यूले दिनुभयो । पहिलो चरणको उद्घाटन कार्यक्रम युवा बौद्ध पुचः भक्तपुरका अध्यक्ष रत्नसुन्दर शाक्यको सभापतित्वमा भएको संयोजक शाक्यान शाक्यले स्वागत एवं कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्नुभयो । सहायक प्रशिक्षक स्वहित विर सिं कंसाकारले प्रमुख प्रशिक्षकको परिचय दिनुभयो । कार्यक्रममा सचिव तुलसीकाजी मानन्धरले पनि कार्यक्रम बारे बोल्नु भएको थियोे । कार्यक्रम समापनको अन्त्यमा बिद्यार्थीहरूले प्रशिक्षण बारे आ-आफ्नो अनुभव बताउनु भएको थियोे । प्रमुख प्रशिक्षक देवेन्द्र मानन्धरलाई युवा बौद्ध पुचः भक्तपुरको तर्फबाट अध्यक्ष रत्नसुन्दर शाक्यज्यूले कदर-पत्र प्रदान गरिएको थियोे ।
Leave a Reply