पत्रकार सम्मेलन गरी के भन्यो विराट गुथिले ?

भक्तपुर । विराट नेपालभाषा साहित्य सम्मेलनको ६५ औँ शृङ्खला यही २०८३ कार्तिक ६ गते शुक्रबार भक्तपुरमा आयोजना हुने भएको छ । आयोजकले मंगलबार गुथिकै भबन भक्तपुर नगरपालिका वडा नं १० मा पत्रकार सम्मेलन गरी नेपालभाषा साहित्यको विकासमा योगदान पु¥याउने साहित्यकारलाई सम्मान तथा पुरस्कृत गर्नुका साथै साहित्य वाचन कार्यक्रमसमेत सञ्चालन गर्ने भएको जनायो ।
पत्रकार सम्मेलनमा विराट नेपालभाषा साहित्य सम्मेलन गुथिका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यले कार्यक्रम शुक्रबार दिउँसो १२ः१५ बजे भक्तपुरको तलेजु बैक्वेटमा आयोजना हुने जानकारी दिए । कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा. नन्देश्वर प्रधानको प्रमुख आतिथ्यतामा हुने उनले जनाए । सम्मेलनमा प्राध्यापन, लेखन तथा इतिहास अनुसन्धानलगायत क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गरिने उनले जनाए ।
सम्मेलनका अवसरमा नेपालभाषा विषयमा उत्कृष्ट अङ्क प्राप्त गरी उत्तीर्ण हुने विद्यार्थीलाई पुरस्कृत गरिनेछ । एसईईमा नेपालभाषा विषयमा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नेपालभाषा पदक प्रदान गरिनेछ । साथै एमए तहमा उत्कृष्ट अङ्कसहित उत्तीर्ण हुने विद्यार्थीलाई विराट सुरत्न सिरपा पुुरस्कार प्रदान गरिने छ ।
यस वर्षको कार्यक्रममा नेपालभाषा साहित्यको विकासमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गर्ने तथा साहित्य वाचन प्रतियोगितामा उत्कृष्ट हुने साहित्यकारलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जनायो । सम्मेलनमा २२ जना साहित्यकारले साहित्य वाचन गर्ने जनाइयो ।
सम्मेलनमा प्रचारप्रसार संयोजक रामचन्द्र प्रजापतिले नेपाल संवत् १०८२ (सन् २०१९) सालदेखि पञ्चायती शासन व्यवस्थामा भाषिक तथा प्रकाशन स्वतन्त्रतामाथि प्रतिबन्ध रहेको अवस्थामा नेपालभाषा साहित्यको संरक्षण र विकास गर्ने उद्देश्यले सम्मेलनको स्थापना भएको भनाई राखे । त्यसयता सम्मेलनले नेपालभाषा साहित्यको विकास, मातृभाषाको संरक्षण तथा भाषिक समानताको पक्षमा निरन्तर काम गर्दै आएको जनायो ।
सम्मेलनले नेपालभाषा साहित्यको विकासका लागि साहित्य गोष्ठी, साहित्यकारका जन्मजयन्ती, समसामयिक विषयमा अन्तक्र्रिया, कार्यशाला तथा विभिन्न साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको पनि जनायो । साथै, नेपालभाषा साहित्यको विकासमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान र नयाँ पुस्तालाई साहित्य सिर्जनामा प्रोत्साहन गर्दै आएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *