भक्तपुरमा दसैं कहिले ? यस्तो भयो निर्णय

भक्तपुर २६ गते असोज । महान चॉड विजया दशमी २०८३ तिथि मिति अनुसार यस बर्ष महा अष्टमी तिथि दुई दिन पर्न आएको पंचाङ निर्णयको पात्रो क्यालेण्डरमा उल्लेखित तिथिबाट सम्पूर्ण भक्तजन न्यायपे्रमी नेपाली जनतामा पुजा विधि कार्यमा अन्यौल सृजना भएको देखिन्छ । सोहि बिषयलाई ध्यानमा राखी आजको दिन भक्तपुर तलेजु भवानीको मंन्दिरमा तित्य पुजा सम्पन्न पश्चात तलेजु मंन्दिर पुजारीहरु श्री नवदुर्गा देवगणहरु र एकान्त कुमारी जीवित देवी शाक्यज्यूहरु लगायत छलफल बैठक बसियो । सो बैठकमा काठमाण्डौं पंचाङ समितिको निर्णय अनुसार नै यस बर्षको महान चाड दशैंको तिथि मिति कै आधारमा पुजा विधि र चॉड पर्व संञ्चालन गर्ने ब्यापक छलफल गरि निम्न अनुसार कार्य तालिकामा पुजा तथा जात्रा संञ्चालन गर्ने निर्णय गरिएको सम्पूर्ण न्यायपे्रमी नेपाली जनता तथा भक्तजनूहरुमा हार्दिक अपिल तथा जानकारी गर्दछ ।

कार्य तालिका

१) असोज ३१ गते शनिबार फुलपाटि
२) कार्तिक १ गते आईतबार महाअष्टमी
३) कार्तिक २ गते सोमबार ……..दिकु – (खाली)
४) कार्तिक ३ गते मंगलबार महानवमी
५) कार्तिक ४ गते बुधबार विजयादशमी

माथी उल्लेखित निर्णय छलफल बैठकमा निम्न अनुसार सहभागी रहेको छ ।

श्री नवदुर्गा देवगणहरु तलेजु मंन्दिर पुजारीहरु एकान्त कुमारी समुह
१) नारायणमान बनमाला १) पदम लाचन कर्माचार्य १) न्हुछे प्रसाद शाक्य
२) बालगोपाल बनमाला २) विरेन्द्र प्रसाद जोशी २) कुमारी देवी
३) लक्ष्मी प्रसाद बनमाला ३) प्रगेश राज उपाध्याय
४) विजयराम बनमाला ४) कृष्ण भक्त राजभण्डारी
५) नारायण प्रसाद बनमाला
६) श्री गोविन्द बनमाला

Leave a Reply

Your email address will not be published. Required fields are marked *