सिपाडोल क्षेत्रमा गाडी चढ्दा पाँच रुपैयाँ छुट

भक्तपुर । दसैंको अवसरमा भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल क्षेत्रका विभिन्न स्थानमा सञ्चालन हुने सवारीसाधनमा यात्रुले पाँच रुपैयाँ छुट पाउने भएका छन्। साइनो अटोमोबाइल प्रा.लि. भक्तपुर शाखा र सूर्यविनायक नगरपालिका वडा नं. ८ को समन्वयमा उक्त छुट सुविधा ल्याइएको हो।

अफरअन्तर्गत यात्रुले एकपटक सवारीसाधन चढेपछि जुनसुकै रुटमा यात्रा गर्दा पनि पाँच रुपैयाँ छुट पाउनेछन्। सिपाडोल क्षेत्रका विभिन्न स्थानमा चल्ने सवारीसाधनमा लागू हुने यस सुविधाले दसैंका बेला आवतजावत गर्ने यात्रुलाई राहत पुग्ने अपेक्षा गरिएको छ। स्थानीय क्षेत्रका यात्रुलाई लक्षित गरी ल्याइएको यस अफरले सार्वजनिक यातायात प्रयोग गर्ने यात्रुको खर्चमा केही सहुलियत पुग्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *