भक्तपुरमा १० किलो गाँजासहित चालक पक्राउ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ जगाती चेकपोस्टबाट १० किलो गाँजासहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार असोज २५ गते गोप्य सूचनाका आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले जाँच गर्ने क्रममा खोटाङबाट काठमाडौं आउँदै गरेको बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमो गाडीबाट गाँजा बरामद गरेको हो।

गाँजासहित पक्राउ पर्नेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ घर भई काठमाडौंको कपन बस्ने ३० वर्षीय देवेन्द्र राई रहेका छन्। उनी उक्त सुमो गाडीका चालक हुन्।

प्रहरीले राईलाई असोज २६ गते लागूऔषधसम्बन्धी मुद्दामा भक्तपुर जिल्ला अदालतमा उपस्थित गराई १५ दिनको म्याद थप अनुमति लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *