भक्तपुर । कृत्रिम बुद्धिमत्ताको माध्यमबाट आय आर्जनको अवसर सृजना गरौं भन्ने नारासहित दुमलाचा युवा बचत समुह भ.न.पा.–४ ले पा“च दिने ए.आई.तालिम कार्यक्रमको शुभारम्भ भयो । उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ४ को भुतपुर्व वडा सदस्य श्री राजेन्द्र माकले विश्वव्यापी रुपमा आय आजर्नको डिजिटल अनलाईन सिस्टमको प्र्रविधिलाई उपयोग गरी सफल उद्यमी बन्नुपर्ने धारण राख्नुभयो । मानिस सामाजिक प्र्राणी भएकोले समाजमा भएका विभिन्न गतिविधिहरुलाई सामाजिक संजालमार्फत सही विचार प्रचार गर्न सकेमा समाजमा भएको विभिन्न नकारात्मक गतिविधिलाई कम गर्न सके तालिमको उद्धेश्य पुरा हुने बताउनु भयो । ए.आई.तालिमको माध्यमबाट आयआजर्नको अवसरलाई उपयोग गर्ने उद्धेश्य राखी संञ्चालन भएको यस तालिमले समाजमा भएको नकारात्मक पक्षलाई निरुत्साहित गरी सकारात्मक पक्षको प्रोत्साहन गर्ने वातावरणको सृजना गर्न यस तालिमको माध्यमबाट महत्वपुर्ण भुमिका निर्वाह गर्न सकोस् भनी शुभकामना दिनुभयो । दुमलाचा युवा बचत समुहका भुतपुर्व अध्यक्ष्ँ तथा सल्लाहकार पञ्च रत्न सैंजुले दुमलाचा युवा बचत समुह २०७० सालमा गठन भएपछि आर्थिक गतिविधिलाई मात्र होई सामाजिक सेवा गर्ने भावनालाई विकास गर्ने विभिन्न सामाजिक क्रियाकलाप,परम्रागत सा“स्कृतिक गतिविधिलाई प्रोत्साहन दिने कार्यक्रम मानिसहरु स्वस्थ हुनको लागि आवश्यक विभिन्न सरसफाई र स्वास्थ्यसम्बन्धि शिविर, प्रवचन,शुभकामना आदानप्रदान कार्यक्रम आर्यआर्जन हुने विभिन्न सीपमुलक तालिमहरुको संञ्चालन गरी सामाजिक दायित्व निर्वाह गर्ने कार्यलाई स्थापनाकालदेखि नै निरन्तर दिएको बताउनु भयो । कार्यक्रमा प्रशिक्षक श्रीराम कासिछ्वाले तालिमबाट सिकेका सीपबाट नया“ पुस्तालाई आयआर्जन गर्न सक्षम बनाउन सक्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमका सभापती दुमलाचा युवा बचत समुहका अध्यक्ष राध्ये श्याम सैजूले तालिमको शुरुवातदेखि अन्तिम दिनसम्म निरन्तर सहभागी भई प्रविधिमैत्री सीप सिकेर आफनो पारिवारिक जीवनलाई आर्थिक रुपले सबल बनाउन आफनोतर्फबाट योगदान गर्न सक्ने सक्षम परिवारको महत्वपुर्ण सदस्यको रुपमा स्थापित गर्ने अवसर पाउने विश्वास व्यक्त गर्नुभयो । दुमलाचा युवा बचत समुहका सचिव दिपक जाकिबंजारले सञ्चालन गरेको उक्त कार्यक्रममा पुरुषोत्तम जाकिबंजारले स्वागत गरेका थियो । पा“च दिनसम्म सञ्चालन हुने उक्त ए.आई. तालिममा २४ जना प्रशिक्ष्ाँर्थीहरुको सहभागिता थियो ।












Leave a Reply