ललितपुर । ललितपुर महानगरपालिका– ३ वडामा ढल सफा गर्न उच्च प्रविधियुक्त जेट मेसिन सञ्चालनमा ल्याइएको छ ।
जेट मेशिन बहुप्रयोजनको लागि उपयोगी रहेको छ । जेट मेसिनले २० मिटर गहिराईसम्म ढल सफा गर्न सक्ने, सफा पानीसंगै ढलको पानी तानेर राख्न, ढल भित्रको बोरा, प्लास्टिक अड्किएमा निकाल्न सकिने छ । सो जेट मेशिनले जाम भएको ढलको पानी ट्याङकीमा राख्ने र सफा पानीले हाई प्रेसरको जेट मेशिनमार्फत सफा गर्ने गर्दछ ।
वडाले उच्चत्तम प्रविधियुक्त मेसिन सञ्चालन गरेकोमा खुशी व्यक्त गर्दै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्मार्ट प्रविधिले नै जनतालाई गुणस्तरीय सेवा दिन सकिने धारणा राख्नुभयो ।
यस अघि शव बाहन सञ्चालन गरेको वडाले अब ज्येष्ठ नागरिकहरुको लागि निशुल्क विधुतीय गाडी सञ्चालनमा ल्याउने तयारी गरेको छ ।










