ललितपुर, नेपाल हृदयराेग निवारण प्रतिष्ठान, केन्द्रीय कार्यालयले यही भाद्र १० गते भाेटेकाेशी नदीमा आएकाे विनाशकारी बाढीबाट रसुवा, नुवाकाेट, धादिङ र चितवनलगायतका विभिन्न ठाउँमा आएकाे विध्वंशात्मक बाढी पहिराेमा परी ठूलाे धनजनकाे क्षति भई पीडित व्यक्तिहरूकाे राहतकाे लागि प्रतिष्ठानकाे केन्द्र तथा मातहतका शाखाहरू काठमाण्डाै, ललितपुर, भक्तपुर, काभ्रे, चितवन शाखाहरूका पदाधिकारी तथा सदस्यहरू र कर्मचारीहरूबाट सङ्कलित कूल नगद रकम रू ६,२६,१२७/- (छ लाख छव्विस हजार एकसय सताइस रूपैयाँ मात्र) प्रधानमन्त्री दैवी प्रकाेप राहत काेषमा जम्मा गरेकाे प्रतिष्ठानका महासचिव काेमल प्रकाश घिमिरेले जानकारी दिनुभएकाे छ । याे विपत्तिकाे घडीमा देश विदेशबाट राहत सङ्कलन र प्रधानमन्त्री दैवी प्रकाेप राहत काेषमा रकम जम्मा भईरहेकाे सिलसिलामा प्रतिष्ठानले पनि उदार मनले उक्त रकम जम्मा गरेकाे हाे । साथै उक्त प्रतिष्ठानले बाढी पहिराेबाट ज्यान गुमाउन पुगेका नेपाली तथा विदेशीहरूकाे आत्माकाे चीर शान्तिकाे कामना, घाइतेहरूकाे शीघ्र स्वास्थ्यलाभकाे कामना, दीवंगत परिवारजनहरू प्रति धैर्य धारणाकाे कामना गर्दै समवेदना प्रकट गरेकाे छ भने बेपत्ता परिवारकाे खाेजि कार्यमा सफलता मिलाेस् भनी कामना समेत गरेकाे छ । – राजुराम मुनंकर्मी
नेपाल हृदयराेग निवारण प्रतिष्ठानबाट राहत काेषमा रकम जम्मा










Leave a Reply