भक्तपुर – भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को स्वास्थ्य उपसमितिको आयोजनामा शनिबार मोतिविन्दु तथा आँखा शिविर सम्पन्न भएको छ।
रेभ. तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा १३८ जनाको आँखा परीक्षण गरिएको थियो। पुरुष ५३ जना र महिला ८५ जनाको आँखा परीक्षण गरिएकोमा ५ जनाको मोतिविन्दु देखिएको थियो। मोतिविन्दु देखिएका बिरामीको सहुलियतमा शल्यक्रिया गर्ने संस्थाले जानकारी दिएको छ।












Leave a Reply