काठमाडौं , रास्ट्रिय खेलकुद परिषदका सदस्य सचीव राम चरित्र मेहताले आगामी सेप्टेम्बरमा जापानको आइचि नायोगा सहरमा हुने एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने खेलाडिहरु गजेन्द्र बर्देवा , सरद कुमार राइ , प्रशिक्षक तथा मेनेजरलाइ पुर्ब प्रशिक्षणको लागी थाइल्यान्डको बैंकक शहर पठाउनको लागी बिधाइ गर्नु भएको छ ।
उक्त बिधाइ कार्यक्रममा नेपाल स्केटिङ तथा स्केटबोडिङ एशोशियसनका महासचिव सत्य थापा , प्रमुख प्रशिक्षक दिलिप बराल , अन्य खेलाडीहरु र पदाधिकारीहरुको उपस्थिति रहेको थियो । परिषदका सदस्य सचीवले खेलाडी तथा प्रशिक्षकले उच्च मनोबल राखी , अनुसासित रहि खेल खेल्ने र रास्ट्रको गौरव बढाउने कार्यमा आफु बिस्वस्थ रहेको बताउनु भयो।





Leave a Reply