सत्यराम कासिछ्वा
भक्तपुर, मंसिर
भक्तपुर नगरपालिकाको आयोजना मंसिर ३ गतेदेखि ९ गतेसम्म नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता महेश्वरी खेलमैदानमा संचालन हुँदैछ । प्रतियोगितामा टेबुलटेनिस, भलिबल, फुटबल, कब्बडी, खो खो, एथलेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन , कराँते, उसु, तेक्वान्दो, जिम्नास्टिक, पोर्टबल, बाघचाल तथा कसिमला पाँय् गरि १५ खेल संचालन हुनेछ । जसमध्ये भक्तपुर नगरपालिका वडा नं ८ खेलकुद समितिको संयोजन तथा व्यवस्थापनमा फुटबल प्रतियोगिता संचालन हुने नगरपालिकाले जनाएको छ । उक्त फुटबल प्रतियोगितामा ६ वटा सामुदायिक र १० वटा निजी तथा आवासीय विद्यालय गरी जम्मा १६ वटा विद्यालयले सहभागिता जनाउनेछ । पहिलो दिन ४ वटा खेल संचालन हुनेछ । जसमा सरस्वती विद्यागृह र मेधा मावि, बासु मावि र मिनर्वा ईङ्गलिस सेकेन्डरी स्कुल, समता शिक्षा निकेतन मावि र राजश्री गुरुकुल तथा साइनिङ स्टुडेन्ट ईङ्गलिस सेकेन्डरी स्कुल र समाज सुधार मावि बीच क्रमशः पहिलो, दोस्रो, तेस्रो तथा चाैंथो खेल हुनेछ । त्यस्तै दोस्रो दिन पनि ४ वटा खेल संचालन हुनेछ । जसमा बाल विकास सेकेन्डरी स्कुल र सैनिक आवासीय मावि, ख्वप्रिङ ईङ्गलिस एकेडेमी र प्रोक्सिमा इन्टर नेसनल ईङ्गलिस सेकेन्डरी स्कुल, प्रभात ईङ्गलिस सेकेन्डरी स्कुल र बागिश्वरी मावि तथा श्री पद्म मावि र अक्सफोर्ड प्राक्टिकल सेकेन्डरी बीच क्रमशः पहिलो, दोस्रो, तेस्रो तथा चाैंथो खेल हुनेछ । त्यस्तै तेस्रो दिन र चाैंथो दिन २/२ वटा खेल संचालन हुनेछ भने पाँचौ दिन मंसिर ७ गते सेमिफाइनल खेलमा २ वटा खेल तथा अन्तिम एवं फाइनल खेल मंसिर ९ गते हुने भनपा ८ वडा खेलकुद समितिले जनाएको छ ।





Leave a Reply