भक्तपुर, १४ साउन । हास्यव्यङ्ग्य कलाकार, निर्देशक, कथाकार, उपन्यासकार रामशेखर नकर्मीद्वारा रचित १० ख्याल:हरु नाट्यकर्मी समाज नेपालले गत साउन ९ देखि १९ गतेसम्म ११ दिने रामशेखरया ख्याल: ब्वज्या गरिरहेको छ । प्रत्येक दिन एउटामात्र ख्याल : प्रदर्शन गरिरहेको आस्था थियटरमा साताैं दिन आज साउन १५ गते शुक्रबार श्रमिक साकोसले नेपालभाषामा प्रदर्शन गरिनेछ । जसको नेपाली भाषामा बाल बिकास ईङ्गलिस स्कुलले साउन १३ गते प्रदर्शन गरिएको थियो । रामशेखरया ख्याल: ब्वज्याको छैटौं दिन प्रभात इङ्गलिस सेकेण्डरी स्कुलकाे कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूले प्रस्तुत गरिएको “खुँ” नामक ख्यालको निर्देशन मनिष गोरा र कविता खुसुले संयुक्तरूपमा गर्नुभएको थियो भने सोको कला संयोजन विकास तमखु तथा व्यवस्थापन इन्दु कुम्पाखले गरेको थियो । प्रस्तुत ख्याल: ले रोजगारीकाे अभाव तथा स्वास्थ्य, शिक्षा तथा रोजगारीको क्षेत्र सर्वसाधारणको पहुँच बाहिर रहँदा जीवन गुजाराका लागि आवश्यक पैसाको अभाव र काम नभएको अवस्थामा हुने घुसखोरी प्रवृत्ति भ्रष्टाचार तथा अन्य अपराधका गतिविधिमाथि व्यंग्य गरिएको छ । प्रहशनपछि वडा नं. ६ का वडा महिला सदस्य तथा कार्यपालिका सदस्य रोशनमैया सुवालले बालबालिकाले रामशेखर नकर्मीको ख्यालको माध्यमबाट मातृभाषामा ख्याल प्रस्तुत गर्दा भाषामा त्रुटि भए तापनि उमेर समूह भन्दा उत्कृष्ट रहेको बताउँदै बजारको मूल्य नियन्त्रण, कालाबजारी तथा सर्वसाधारण जनताको सहज उपचार पद्धतिमा सरकारको लाचारीपन तथा महंगाइले चोरीमा संलग्न हुनुपर्ने बाध्यता रहेको बताउनुभयो । नाट्यकर्मी समाज नेपालका लक्ष्मीप्रसाद चवालले रामशेखर नकर्मीले लेखिएको नेपालभाषाका ख्यालहरु प्रदर्शनीका लागि भाषागत त्रुटि हुने गरेकोले स्थानीय पाठ्यक्रममा समावेश भएको नेपालभाषाको शिक्षण तथा प्रशिक्षणमा जोड दिनुपयो । बिहिबारसम्ममा छ वटा ख्याल:हरु प्रदर्शन भइसकेको छ । ख्याल ब्वज्याको आठौं दिन भोलि शनिबार नेक्राविसंघ भनपा-१ को टुरिष्ट गाइड नामक ख्याल प्रदर्शन हुनेछ ।
आस्था थियटरमा आज नेपालभाषाको ख्याल: तन्त्र टाब्लेट प्रदर्शन हुने









Leave a Reply