नेपाल क्रान्तिकारी किसान संघको ५८औँ स्थापना दिवस मनाइयो

भक्तपुर, साउन १४ – नेपाल क्रान्तिकारी किसान संघको ५८ औँ स्थापना दिवस भक्तपुर नगर समितिको आयोजनामा एक कार्यक्रमका बीच मनाइएको छ। कार्यक्रममा संघका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले नेपालको कृषि क्षेत्र अहिले पनि विभिन्न चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै किसानको उत्पादन लागत घटाउने, कृषि उपजको उचित मूल्य सुनिश्चित गर्ने, सिँचाइ, मल, बीउ तथा बजार व्यवस्थापनमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए।

वक्ताहरूले किसानको हक, अधिकार र आत्मनिर्भर कृषि प्रणाली निर्माणका लागि नेपाल क्रान्तिकारी किसान संघले स्थापना कालदेखि निरन्तर संघर्ष गर्दै आएको उल्लेख गरे। किसानलाई उत्पादनमुखी बनाउन राज्यले दीर्घकालीन कृषि नीति अवलम्बन गर्नुपर्नेमा उनीहरूको जोड थियो।

कार्यक्रममा संघको इतिहास, स्थापना दिवसको महत्व तथा आगामी दिनमा किसान संगठनलाई अझ सशक्त बनाउने विषयमा समेत छलफल गरिएको थियो। सहभागीहरूले कृषकका साझा समस्या समाधानका लागि संगठित भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका थिए।

कार्यक्रमको आयोजना नेपाल क्रान्तिकारी किसान संघ, भक्तपुर नगर समिति ले गरेको हो। कार्यक्रममा संघका स्थानीय नेतृत्व तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *