मध्यपुर ठिमी भक्तपुर
विद्यार्थीलाई शैक्षिक ज्ञान मात्र होइन ,व्यावहारिक र संस्कारयुक्त ज्ञान दिनुपर्दछ भन्ने उद्देश्य बोकेको मध्यपुर ठिमीको उत्कृष्ट विद्यालय विनायक शिक्षा निकेतनमा गुरु पूर्णिमाको अवसरमा गुरु पूजा कार्यक्रमको आयोजना गरियो। पूर्व प्राथमिक तह, प्राथमिक तह र माध्यमिक तहमा छुट्टाछुट्टै आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्फुटन समेत गरेका थिए। विद्यालयका स्कुल क्याप्टेन आरुस श्रेष्ठ लगायतका विभिन्न कक्षाका प्रेसिडेन्टहरूको संयोजनमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूले कविता ,गीत, बाध्यवादन एवं नृत्य प्रस्तुत गरेका थिए। विभिन्न तहमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूले आफ्नो क्षमता अनुसारको सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै शिक्षक शिक्षिकाहरुलाई मायाको चिनो समेत प्रदान गरेका थिए। कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले गुरु पूजाको पावन अवसरमा सम्पूर्ण विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो भने गुरु र शिष्यको सम्बन्ध प्रगाढ बनाउँदै अगाडि बढाउन सके सफल र सार्थक जीवन हरेक विद्यार्थीले प्राप्त गर्न सक्छन् भन्ने धारणा व्यक्त गर्नुभएको थियो।






Leave a Reply