वातावरण संरक्षण मञ्चको विद्यालयमा सचेतना कार्यक्रम

भक्तपुर, साउन १२ । वातावरण संरक्षण मञ्च भक्तपुरकाे आयाेजनामा मंगलबार राममन्दिर स्थित भुलाँचाकाे मिनर्वा ईङ्गलिस बाेर्डिङ्ग स्कुलमा विद्यालय वातावरण सचेतना कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा वातावरणविद् प्रतिभा कसपालले वातावरण सम्बन्धि अन्तरक्रिया गर्दै लाेपाेन्मुख जनावर सालकको संरक्षण तथा महत्त्वबारे विद्यालयका विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा शिक्षक सुदर्शन ग्वाच्छा र विद्यालयका प्रिन्सिपल राजेन्द्र दुवालले हनुमन्ते खाेलाकाे प्रदुषण नियन्त्रणका लागि फाेहर कम उत्पादन गरि त्याे फाेहरलाई आफ्नै स्थानमा व्यवस्थापन गर्दै खाेलामा फाेहर गर्न नहुने विचार व्यक्त गर्नुभयो । मञ्चका अध्यक्ष तथा कार्यक्रमका सभापति न्हुछे प्रजापतिले वृतचित्र बनाउनुकाे उद्देश्य बारे बताउँदै मानव सभ्यतासँग जोडिएको खाेलाको सफाई आफैबाट सुरू गर्नुपर्ने बताउनुभयो । उहाँले फाेहर पानी प्रशाेधन गरि स्थानीय निकायहरूले खाेलामा नपठाए सम्म जतिसुकै अन्य प्रयास गरे पनि निर्थक हुने विचार राख्नुभयो । मञ्चले “हनुमन्ते हिजाे आज भोलि” विषयक वृतचित्र देखाएको उक्त कार्यक्रममा सुजन अधिकारीले समेत बोलेको थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *