भक्तपुर बालकोटका पुराना कांग्रेस नेताद्धारा पार्टी परित्यागको घोषणा

नेपाली कांग्रेसका क्रियाशील तथा साधारण सदस्य रामशरण रानाले दिए पार्टीबाट राजीनामा

भक्तपुर — नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका वडा नं. २ का क्रियाशील सदस्य रामशरण रानाले पार्टीको क्रियाशील तथा साधारण सदस्यतासमेत परित्याग गर्दै राजीनामा दिएका छन्।

रानाले मिति २०८३ मंसिर ४ गते नेपाली कांग्रेस वडा नं. २ वडा कार्यसमितिलाई सम्बोधन गरी राजीनामापत्र बुझाएका हुन्। उनले पार्टीको साधारण सदस्यता लिएको लामो समयदेखि पार्टीका गतिविधि तथा संगठनात्मक कार्यक्रममा सक्रिय रूपमा सहभागी हुँदै आएको उल्लेख गरेका छन्।

उनले वर्तमान परिस्थितिमा पार्टीसँग आबद्ध रहेर सदस्यता कायम राख्नु उपयुक्त नलागेको भन्दै स्वेच्छाले राजीनामा दिने निर्णय गरेको पत्रमा उल्लेख गरेका छन्।

आजकै मितिदेखि लागू हुने गरी पार्टीको क्रियाशील तथा साधारण सदस्यता दुवै परित्याग गरेको जनाउँदै उनले पार्टीसँगको सम्बन्धबाट अलग भएको बताएका छन्। साथै, पार्टीमा रहँदा प्राप्त सहयोग, सहकार्य र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै आफ्नो नाम पार्टीको अभिलेखबाट समेत हटाइदिन वडा कार्यसमितिसँग अनुरोध गरेका छन्।

सूर्यविनायक नगरपालिका–२ बालकोटका बासिन्दा रानाले राजीनामापत्रमा आफ्नो निर्णय स्वेच्छिक भएको स्पष्ट पारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *