भक्तपुरमा फरार १० जना पक्राउ

फैसला कार्यान्वयनका

भक्तपुर — जिल्ला प्रहरी परिसर भक्तपुरले फैसला कार्यान्वयनका क्रममा फरार रहेका १० जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, जगाती तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले २०८३ मंसिर २ गते विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका १० जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये बैंकिङ कसुरका दुई जना, चेक अनादरका सात जना र करणीसम्बन्धी कसुरका एक जना रहेका छन्।

पक्राउ परेकामध्ये बैंकिङ कसुरका दुई जनालाई ८ दिन कैद र ६२ हजार ७०० रुपैयाँ जरिवाना, चेक अनादरका सात जनालाई ४ हजार ५०० रुपैयाँ जरिवाना तथा करणीसम्बन्धी कसुरका एक जनालाई १ वर्ष २ महिना कैद र १२ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो।

ती सबैलाई गरी कुल १ वर्ष २ महिना ८ दिन कैद र ७९ हजार २०० रुपैयाँ जरिवाना हुने प्रहरीले जनाएको छ।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत भक्तपुरमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी दीपककुमार कार्कीले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *