मंसिर, भक्तपुर । भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार भएको उसु खेलको चार वटा इभेन्ट सम्पन्न भएको छ । उसुको छानछ्वान इभेन्टमा पुरुषतर्फ बागिश्वरी माविका हेमराज गुभाजु प्रथम, मेधा माविका राज गोरा द्वितीय तथा बागिश्वरी माविकै सुप्रिच बासी तृतीय भएका छन् । उसुकै छानछ्वान इभेन्टको महिलातर्फ एभरेस्ट सेकेन्डरी स्कुलका विभुषा कासुला प्रथम, बाल बिकास सेकेन्डरी स्कुलका ऐन्जल दुवाल द्वितीय तथा एभरेस्ट सेकेन्डरी स्कुलकै साईना कायस्थ तृतीय भएका छन् । उसुकै नान छ्वान इभेन्टमा पुरुषतर्फ मेधा माविका रोशन बिक प्रथम, बागिश्वरी माविका विश्वराज गुभाजु द्वितीय तथा साइनिङ स्टुडेन्ट स्कुलका जेम्स लामा तृतीय भएका छन् । उसुकै नान छ्वान इभेन्टमा महिलातर्फ सैनिक आवासीय माविका सिल्भिया प्रजापति प्रथम, साइनिङ स्टुडेन्ट स्कुलका मिस्का तामाङ द्वितीय तथा एभरेस्ट सेकेन्डरी स्कुलका आरुणिया मुनंकर्मी तृतीय भएका छन् ।
उसु खेलको चार वटा इभेन्ट सम्पन्न








Leave a Reply