शनिबार श्रद्धेय भिक्षु नन्दबोधिज्यूबाट स्थानिय बासिन्दाहरूको आमन्त्रणमा ताथलीको एकादोलमा बौद्ध सम्पदा निर्माण गर्ने उद्देश सहित यस वर्ष बु.सं.२५७० मा बुद्धधर्मको विनय अनुसार वर्षावास पूर्ण गर्नु भएको सुखद उपलक्ष्यमा भिक्षुसंघलाई कठिन चीवर दानोत्सब समारोह एकादोल स्थित खानेपानी भवनमा सम्पन्न भयो । कठिनदान समारोहमा श्रद्धेय आलोक महास्थविरले पञ्चशील प्रदान साथै कठिन चिवरको महत्त्व बारे धर्मदेशना गर्नु भयो । प्रमुख दाता शिवराम ख्वाजु र नरेश त्वायनाले कठिन दान दिनुभयो । समारोहमा भिक्षुहरूलाई चाहिने अत्यावश्यक वस्तु अष्टपरिष्कार पनि दान गरेको थियोे । समारोहमा भादगाउँ ध्यान केन्द्रमा स्थापनार्थ मूर्तिकार अशोक प्रजापतिले ५ फिटको बुद्धमूर्ति दान गरेको थियोे । समारोहमा भादगाउँ ध्यान केन्द्रका अध्यक्ष जीवन त्वायनाले स्वागत मन्तव्य राख्नु भयो । भने भिक्षु अर्जुनले धन्यवाद दिनुभई पुण्यानु मोदन गरि सम्पन्न गरियो । समारोह शुरू हुनु अगाडि ताथलीको फैढोका काठमाडौं क्यान्सर हस्पिटलबाट बुद्धमूर्ति सहित कठिन चीवर शोभायात्रा गरेको थियो । शोभायात्रा बाजागाजा सहित उल्लेख्य श्रद्धालुहरूको उपस्थिति रहेको थियोे । कठिन चिवर शोभायात्रा फैढोका बाट शुरूवात गरि तःधचा, सउदोल भएर तब्याखुसी एकादोल पुगेर यात्रा सम्पन्न गरिएको थियो।
कठिन चीवर दानोत्सब समारोह एकादोलस्थित खानेपानी भवनमा सम्पन्न












Leave a Reply