भक्तपुरमा हाब्रेको छालासहित एक जना पक्राउ

भक्तपुर । भक्तपुरमा अवैध हाब्रे (रेड पाण्डा)को छालासहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर नगरपालिका–१, दूधपाटीस्थित रेसुङ्गा थकाली एण्ड किचेन होटलको कोठा नम्बर ४०१ मा अवैध हाब्रेको छाला लुकाएर राखिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

प्रहरी टोलीले २०८३ साल साउन २३ गते साँझ ५ बजे होटलमा पुगेर चेकजाँच गर्दा दैलेखको ठाटीकाँध गाउँपालिका–४ बस्ने २९ वर्षीय भुपेन्द्रबहादुर कठायतले लुकाएर राखेको अवस्थामा हाब्रे (रेड पाण्डा)को छाला फेला पारेको हो।

छाला बरामद गरेपछि प्रहरीले कठायतलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। पक्राउ परेका कठायतलाई बरामद गरिएको हाब्रेको छालासहित साउन २४ गते डिभिजन वन कार्यालय भक्तपुरमा बुझाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरले साउन २४ गते जारी गरेको प्रेस विज्ञप्तिमा घटनाबारे जानकारी दिँदै अवैध वन्यजन्तुको छालासहित मानिस नियन्त्रणमा लिइएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *