मध्यपुरको बोडेस्थित द्योमा जगत वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परिक्षण

मध्यपुरको बोडेस्थित द्योमा जगत वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परिक्षण गरिएको छ । शनिबार मध्यपुर कृयटिभ ग्रुपको आयोजनामा बृद्वाश्रममा रहेका ३० र बृद्वाश्रम बाहिरका ३० गरि ६० जना जेष्ठ नागरिकहरुलाइ निशुल्क स्वास्थ सेवा प्रदान गरेको हो । “सेवा नै धर्म हो” भन्ने मूल भावनाका साथ सञ्चालित ज्येष्ठ नागरिकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै विशेषज्ञ तथा विभिन्न रोगका अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षणका साथै आवश्यकता अनुसारको औषधि वितरण गरिएको पनि गरेको आयोजक ग्रुपका सदस्य सुशन श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा हाड जोर्नी तथा नशारोग विशेषज्ञ डा.योगेश कायष्ठ,न्यूरो विशेषज्ञ डा.सजन पाण्डे र इण्टरनल मेडिशिन डा. राजेन्द्र श्रेष्ठ लगायत विभिन्न रोगसम्बन्धी अनुभवी विशेषज्ञ चिकित्सकहरुले इ. सि. जी (ECG), ब्लड सुगर (Blood Sugar) परीक्षण गर्नुका साथै आवश्यक सुझाव तथा परामर्श दिएको डा. राजेन्द्र श्रेष्ठले बताउनुभयो। मध्यप्पुर थिमी नगरपालिका ८ बोदेमा सम्पन्न शिविरमा प्राबिधिक सहयोग स्वनिग: हेल्थ केयर क्लिनिकको रहेको थियोे  । सामाजिक उत्तरदायित्व अन्तर्गत मध्यपुर कृयटिभ ग्रुपले स्वास्थ शिविरबाट सेवा दिदै आएको कार्यक्रमका सयोजक कृष्णभक्त श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *