चाँगुनारायण (भक्तपुर) — चाँगुनारायण नगरपालिका वडा नं. ९, ताथलीका स्थानीय युवा कुशल बस्नेतले मात्र १८ वर्षको उमेरमा कमर्सियल पाइलट लाइसेन्स (CPL) प्राप्त गरी आफ्नो सपना पूरा गरेका छन् । सानै उमेरदेखि उड्डयन क्षेत्रतर्फ रुचि राख्दै आएका बस्नेतले निरन्तरको मेहनत, कडा परिश्रम र दृढ संकल्पका कारण सानै उमेरमा यो सफलता हासिल गरेका हुन् । उनको यो उपलब्धिले परिवार र ताथलीवासीलाई मात्र नभई सम्पूर्ण चाँगुनारायण नगर क्षेत्रलाई नै गौरवान्वित बनाएको छ । स्थानीयवासीहरूले कुशलको यो सफलताले देशका समग्र युवा वर्गलाई प्रेरणा दिने बताउँदै उहाँको उज्ज्वल एवं सुरक्षित उडानको कामना गरेका छन् । १८ वर्षको उमेरमै व्यावसायिक उडान भर्ने योग्यता हासिल गरेपछि ताथलीमा खुसीयाली छाएको छ । आगामी दिनमा उहाँका प्रत्येक उडानहरू सुरक्षित, सफल र राष्ट्रको नाम उँचो बनाउनेतर्फ लक्षित रहुन् भन्ने शुभेच्छा प्रकट गरिएको छ।
१८ वर्षकै उमेरमा पाइलट बने ताथलीका कुशल बस्नेत












Leave a Reply