स्टार वाचनालयको “१२ बजे” नामक ख्याल पुनः प्रदर्शनसँगै रामशेखरया ख्याल: ब्वज्या समापन भोलि हुने
भक्तपुर, १८ साउन । हास्यव्यङ्ग्य कलाकार, निर्देशक, कथाकार, उपन्यासकार रामशेखर नकर्मीद्वारा रचित ९ ख्याल:हरु नाट्यकर्मी समाज नेपालले गत साउन ९ देखि १९ गतेसम्म ११ दिने रामशेखरया ख्याल: ब्वज्या आस्था थियटर लिवालीमा गरिरहेको छ । रामशेखरया ख्याल: ब्वज्याको एघारौं दिन आज मंगलबार किशोर गोसाईको निर्देशनमा स्टार वाचनालयको “१२ बजे” नामक ख्याल पुनः प्रदर्शन गर्नेछ । योसँगै रामशेखरया ख्याल: ब्वज्या समापन हुनेछ ।
प्रत्येक दिन एउटामात्र ख्याल : प्रदर्शन गरिरहेको आस्था थियटरमा रामशेखरया ख्याल: ब्वज्याको दसौं दिन हिजो सोमबार साउन १८ गते जेँला सांस्कृतिक समाजको “रानी पुखु” नामक ख्याल: प्रदर्शन गरेको छ । जसको निर्देशन हरि सुन्दर पोतामाहाँले गरेको थियो भने कला संयोजन विकास तमखुले गरेको थियो । प्रस्तुत ख्याल: ले नातावाद प्रवृत्तिले रोजगारीका क्षेत्रमा सहजै प्रवेश पाउने, समाज र देशमा भएको काला बजारी, घुसखोरी, प्रवृत्तिले देशको हालत बिग्रँदै गएको प्रति व्यंग्य गरेको छ लेखक तथा कलाकार आशराम वैद्यले रामशेखर नकर्मीद्वारा लेखिएको नाटक, ख्याल:लाई नाट्यकर्मी समाजले नयाँ पुस्ताको माध्यमबाट मञ्चन गर्दा अझै समय सान्दर्भिक र सदाबहार रहेको बताउँदै तत्कालीन समयमा रोजगारी पाउन अध्ययनसँगै चाकडी चाप्लुसी गर्ने संस्कारमा नेवार समुदाय नरहेको यथार्थ बताउनुभयो । आशकाजी थकुले समाजका सामान्य घटना र विषयलाई समेटेर रामशेखर नकर्मीले कलम चलाएर जनतासामु जीवन्त प्रस्तुति दिएको बताउनुभयो ख्याल: ब्वज्याको एघारौं तथा अन्तिम दिन भोलि मंगलबार किशोर गोसाइको निर्देशनमा स्टार वाचनालयको “१२ बजे” नामक ख्याल पुनः प्रदर्शन हुनेछ । जुन रामशेखरया ख्याल: ब्वज्याको तेस्रो दिन पहिलो प्रदर्शन गरेको थियो ।













Leave a Reply