थेरवाद बुद्धिष्ट एकेडमीको आयोजनामा थेरवाद बुद्धिष्ट ऐकेडेमीको कार्यालय,विश्वशान्ति विहार आलोकनगर काठमाडौंमा मिति २०८३ श्रावण १८ गते सोमबार देखि श्रावण २९ गते शुक्रबार सम्म हुने “शोध निर्देशन तालिम” को उद्घाटन लुम्बिनी विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा.डा. सुवर्णलाला बज्राचार्यज्यूको प्रमुख आतिथ्यत्वमा उद्घाटन गरि शुरू भएको छ । पहिलो प्रशिक्षण प्रा.डा. सुवर्णलाल बज्राचार्यज्यूबाट “HI vs AI Mordern Technology Abbreriation” विषयमा लिनुभयो । उद्घाटन सत्रमा थेरवाद बुद्धिष्ट एकेडेमीका अध्यक्ष भिक्षु निग्रोध महास्थविरज्यूले “पञ्ञावंतस्स अयं धम्मो” बुद्धको शिक्षा (धर्म) प्रज्ञावानहरूका लागी हो भनेर भन्नुभयो । प्राचार्य डा. त्रिरत्न मानन्धरले तालिम दिनु पर्ने र आवश्यकता बारे प्रकाश पार्नुभयो । शोध ग्रन्थ निर्देशक तालिको प्रशिक्षकहरूमा प्रा.डा. मदन मानन्धर, उप प्राध्यापक मदनरत्न मानन्धर, डा. सबिता धाख्वा, प्रा.डा.भिक्षु संकिच्च महास्थविर,प्रा.डा.रीना तुलाधर र प्राचार्य डा.त्रिरत्न मानन्धर रहेनछन् । तालिममा भाग लिने थेरवाद बुद्धिष्ट एकेडेमीका पहिलाको वर्तमानका एम. ए.उतिर्ण ३० बिद्यार्थीहरू रहेकाछन् कार्यक्रम पंचशील प्रार्थना बाट शुरू गरिएको थियोे ।
थेरवाद बुद्धिष्ट एकेडेमी काठमाडौंमा शोध निर्देशा तालिम शुरू













Leave a Reply