भक्तपुर अस्पताल तोडफोडमा संलग्न पक्राउ

भक्तपुर अस्पताल तोडफोड प्रकरणमा एक जना पक्राउ, पाँच दिन म्याद थप

भक्तपुर, साउन १८ — भक्तपुर अस्पतालको इमर्जेन्सी तथा आईसीयू कक्षमा भएको तोडफोड तथा अवाञ्छित गतिविधिसम्बन्धी घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार साउन १३ गते भक्तपुर अस्पतालको इमर्जेन्सी तथा आईसीयू कक्षमा भएको घटनाका सम्बन्धमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ निवासी ३४ वर्षीया जानकी तामाङलाई नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार साउन १८ गते जिल्ला अदालत भक्तपुरबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरले घटनाको अनुसन्धान जारी रहेको र कानुनी प्रक्रियाअनुसार आवश्यक कारबाही अघि बढाइने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *