काठमाडौं । सिभिल इन्जिनियरिङ ल्याबोरेटोरी एसोसिएसन अफ नेपाल (सिलान) को पहिलो राष्ट्रिय भेला तथा वार्षिक साधारण सभाबाट ३ वर्षे कार्यकालका लागि नयाँ कार्य समिति चयन गरेको छ । शनिवार काठमाडौंको सिद्धार्थ कटेज, तिनकुनेमा आयोजित कार्यक्रमबाट अध्यक्षमा राम शरण देउजालाई सर्वसम्बत रुपमा चयन गरिएको सिलानले जनाएको छ । भने सोही सभाले अन्य पदाधिकारीहरुमा उपाध्यक्ष विज्ञानेश्वर मकाजु, महासचिव अभिमन्यू हुमागाँई, सचिव गुरु अधिकारी र कोषाध्यक्ष राजन मर्हजन चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा नितिश कुमार साह, शिवहरी सिलवाल, टंक खड्का, संजिव यादव, प्रदीप श्रेष्ठ, धु्रव सिंह, संगिता गुप्ता, भुवनेश्वर साह, सोनारलाई चयन गरिएको छ । र बाँकी २ सदस्य समितिको पहिलो बैठकले मनोनित गरिने नवनिर्वाचित अध्यक्ष राम शरण देउजाले जानकारी दिएका छन् । सस्थाको उद्घाटन कार्यक्रममा देशभरका सिभिल इन्जिनियरिङ ल्याब व्यावसायी निर्माण व्यावसायी, सिभिल इन्जिनियरिङ ल्याव इकुमेन्ट बिक्रेताहरु तथा सरोकारवालाको सहभागिता रहेको थियो । संस्थाको सुदृढीकरण, गुणस्तरीय एव् बिश्वसनीय प्रयोगशाला सेवाको प्रवद्र्धन तथा सदस्यबीच आपसी समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने बारे छलफल गरिएको थियो । उक्त कार्यक्रममा देशकै प्रतिष्ठित उद्योग अशोक स्टिल इन्डस्ट्रिज प्रालिका संस्थापक ८८ वर्षीय हिरा सिंह ठाकुरले सहभागिहरूलाई व्यावसायको क्षेत्रमा प्रेरणादायी मंतव्यद्वारा उत्प्रेरणा प्रदान गरेका थिए । कार्यक्रमका प्रमुख अथिती स्वाएल टेष्ट प्रालिका संस्थापक ईन्जिनियर महेन्द्र बहादुर कार्कीले राष्ट्र निर्माणमा सहकार्य गर्न देश भर निर्माण कार्यको गुणस्तर सुनिशितताको आधार तयार गर्ने दिशामा सिलान अघि बढ़ेकोमा खÞुशी व्यक्त गरेका छन् । अधिवेशनले अध्यक्ष देउजाकै अध्यक्षतामा नयाँ कार्यसमितिलाई निरन्तरता दिएको छ ।
सभामा संस्थाको भावी कार्यदिशा, संगठन विस्तार तथा सरकारसंग गुणस्तर सुनिश्चितता सम्बन्धी आवश्यक नीति तर्जुमा गर्न आवश्यक समन्वय गरी विभिन्न नीतिगत विषयमा ठोस नीति लागू गर्न पहलकदमी अघि बढ़ाऊने निर्णय भएको महासचिव अभिमन्यु हुमागाईंले जानकारी दिएका छन् । संस्थाको अध्यक्षमा पुनः निर्वाचित भएपछि अध्यक्ष राम शरण देउजाले सिलान गठन भएसँगै यसले सुरुवाती दिन देखि नै पुर्वाधार निर्माण आयोजनाहरुमा गुणस्तर कायम गर्न गराउन र नीजि स्तरबाट सञ्चालित सिभिल इन्जिनियरिङ ल्याबरेटोरीहरुको दर्ता, संचालन, नियमन, अनुगमन गर्ने गराउने कानुन नीति र संस्थाको आबश्यकताका बारेमा छलफल चलाएको बताएका छन । उनले सोही कार्यलाई अझै व्यवस्थित रुपमा अघि बढाउदै यस क्षेत्रमा देखिएका र भएका समस्याको समधान गर्न सरकार र सम्बन्धीत पक्षसंग निरन्तर नीतिगत पहल गर्दै आएको र सो कार्य जारी रहने बताएका छन् । उनले यस सम्बन्धमा सिलानले केही समय अघि एक अबधारणा पत्र तयार गरि नेपाल सरकार, संघिय सरकार र गुणस्तर बिभाग समेतलाई बुझाएको र सो परिणाम स्वरुप केही दिन अघि देखि पहिलो पटक राष्ट्रिय सतर्कता केन्द्र र गुणस्तर तथा नापतौल बिभागको सयुक्त टोलिले सिभिल ल्यावहरुको स्थलगत अनुगमन गरेको कार्य समेत सर्हानिय रहेको बताएका छन् । उनले यसको लागि सरकारलाई हार्दिक धन्यवाद दिदै यस अनुगमनबाट प्राप्त सूचनाको आधारमा भाबी नीतिहरु तय हुने र सोही अनुसार प्रत्यायन ऐन, नियमावली संशोधन र कार्यान्वयन हुने अपेक्षा राखेको समेत बताए ।















Leave a Reply