सूर्यविनायक, भक्तपुर। जोरपाटी स्काउट ट्रुपको आयोजनामा एकदिने प्याट्रोल कुकिङ प्रतियोगिता–२०८३ उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। प्रतियोगितामा स्काउट विद्यार्थीहरूले विभिन्न प्याट्रोलमा विभाजन भई दाउराको चुलोमा पौष्टिक तथा स्वादिष्ट परिकार तयार गरी आफ्नो पाककला, नेतृत्व क्षमता, समय व्यवस्थापन, सरसफाइ र टोलीगत कार्यकौशलको उत्कृष्ट प्रदर्शन गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले दाल, भात, तरकारी, अण्डा, आलु, अचार तथा अन्य परिकार आफैंले योजना बनाएर तयार गरेका थिए। खाना पकाउने मात्र नभई भाँडा सरसफाइ, कार्यस्थल व्यवस्थापन, इन्धनको उचित प्रयोग र अनुशासित कार्यशैलीलाई पनि मूल्याङ्कनको आधार बनाइएको थियो। स्काउटिङमा “Learning by Doing” अर्थात् गरेर सिक्ने सिद्धान्तलाई व्यवहारमा उतार्ने उत्कृष्ट अवसरका रूपमा कार्यक्रम सफल भएको आयोजकले जनाएको छ। कार्यक्रममा प्रतियोगिताको अनुगमन तथा मुल्यांकन निर्जला प्रजापतिले गरि उत्कृष्ट प्रदर्शन गर्ने प्याट्रोललाई विद्यालयका प्रधानाध्यापक हरि प्रसाद ढकालले सम्मान र पदक प्रदान गरिएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री हरि प्रसाद तकालको सक्रिय उपस्थिति, प्रोत्साहन र विद्यार्थीप्रतिको सकारात्मक व्यवहारले सबैलाई प्रेरित बनाएको बताउदै उहाँले विद्यार्थीहरूलाई आत्मनिर्भर बन्न, अनुशासन पालन गर्न र जीवनोपयोगी सीप सिक्न निरन्तर हौसला प्रदान गर्नुभयो। प्रतियोगिताभर उहाँले प्रत्येक टोलीको अवलोकन गर्दै विद्यार्थीहरूको प्रयासको प्रशंसा गर्नुभएको थियो। यस कार्यक्रमले एक सरल, सहयोगी र विद्यार्थीमैत्री सकारात्मक सोच र निरन्तर सहयोगले विद्यार्थीहरूमा आत्मविश्वास, जिम्मेवारीबोध र टोलीभावनाको विकास गर्न ठूलो योगदान पुगेको अनुभूति समेत हुने बताउनुभयो। अन्त्यमा, प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण आयोजक, निर्णायक, शिक्षक, स्काउटर, अभिभावक तथा सहभागी स्काउट विद्यार्थीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस्ता व्यवहारिक तथा जीवनोपयोगी कार्यक्रमहरू अझ प्रभावकारी रूपमा सञ्चालन हुने विश्वास स्काउट मास्तर जीवन सुवालले व्यक्त गरिएको थियो। उक्त प्रतियोगितामा २४ जना स्काउट सहभागी भएको थियो।
जोरपाटी स्काउट ट्रुपद्वारा एकदिने प्याट्रोल कुकिङ प्रतियोगिता–२०८३ सम्पन्न












Leave a Reply