भक्तपुरबाट ७ जना प्रतिवादीहरू पक्राउ

विभिन्न मुद्दाका ७ जना फरार प्रतिवादी पक्राउ

भक्तपुर, २४ भदौ । फैसला कार्यान्वयन अभियान अन्तर्गत भक्तपुर प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय ठहर भई फरार रहेका ७ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ

जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी तथा जगाती र मातहतका कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा बुझाएको हो

प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी दिपक कुमार कार्कीका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट कुल २ वर्ष ७ दिन कैद सजाय र १३ लाख ३२ हजार ६२२ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको थियो

पक्राउ पर्नेहरूमा:

  • बैंकिङ कसुर मुद्दाका २ जना: ७ दिन कैद र रु. १३,००,००० जरिवाना

  • चेक अनादर मुद्दाका १ जना: २ वर्ष कैद

  • सवारी ज्यान मुद्दाका २ जना: रु. ४,००० जरिवाना

  • नकवजनी चोरी मुद्दाका १ जना: रु. ५,००० जरिवाना

  • अंशबण्डा मुद्दाका १ जना: रु. २३,६२२ जरिवाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *