साथीहरु मनमा थौरे भए पनि मानवता छ भन्ने मन्दिरहरुमा जाउँ । काटमार पशु हिसां नगरे राम्रो हुन्छ । धर्मको नाममा बली नगरे राम्रो हुन्छ । असिम कृपा यही समयमा प्रसंग याद आउँछ २०८३÷०५÷१० मा भोटेकोशी, त्रिशुली नदीको शिरको ताल फुट्यो । हाम्रो प्राण सरि साखा सन्ततीहरु हजारौँ हजार लालाबाला बच्चाहरु ऐश्वर्य समेत भविष्यमा असंख्य कर्णधारहरु पर्ख पर्ख भन्दै नपाउँदै गाँउ जिल्लाको खोला किनारहरु रिट्याएर लग्यो । भविष्यमा के हुन्छ ? विधाताले खबर नदिई विधाताले लेखेको कुरा विधातालाई नै थाहा भएन । दशैँको मुखमा संसार नै हरायो, संसार नै रुवायो, कहिल्यै नसोचेको दुख नपाएको, दुख पाएको अनुभुति भयो । दैवी प्रकोपले इतिहासको नाउँको पाना पल्टायो । यस दुखद घडीमा मित्र राष्ट्र छिमेकी देशहरुले गहिरो दुख व्यक्त गर्दै सहानुभूति राखेको श्रद्धायोग्य छ । यो मानवीय भावना हो र जनताहरु छाती हातमा राखी धुरु धुरु रोएको कल्पनासम्म नगरेको हाम्रो जनधन यसरी लग्यो । त्यसकारण यसपालीको तिजहरुमा लपक झपक गितहरु नगाउनु ननाच्नु । दशैको बेलामा पनि गितहरु नगाउने रमाइलो नगर्ने राम्रो हुन्छ । देश नै रोएको बेला धर्मको नाउँमा देवताको मन्दिरमा श्रद्धा अनुसार पुजा गर्ने धुप अक्षेता, फलफुल, सुगन्धित वस्तु राखी, पुजा गरे राम्रो थान्छन् । कुनै देवी देवताले मलाई बोका देउ, कुखुरा देउ, हाँस देउ, राँगो देउ, पेरवा देउ भन्दैन । यो त मासु खाने मेलो पात मात्र हो । हाम्रो मस्तिष्कले गर्ने काम राम्रो नराम्रो चेतनाले गर्ने हो । पाप र धर्म देवताले भन्ने होइन, मानवताको आँखाले हेर्ने हो । मन्दिर मन्दिरमा बली दिने मानवता होइन । बाहुन बाजेहरुले काट्ने मार्ने भन्दै भन्दैन र पण्डितहरुले पनि भन्दै न । केही एउटा आचार्यहरुले भनेको भरमा पर्नु हुदैन । अन्तिममा हास्न खोज्दा खोज्दै आसु झर्छ, माया गर्दागर्दैै धोखा खाइन्छ । विश्वास नभएको दलाई लामा किन नेपालमा ल्याइन्छ ? सच्चा मित्र कमै मात्र भेटिन्छ । आकास राम्रो ताराले, धर्ती राम्रो पानीले, देश राम्रो हुन्छ गणेशमान र नारायणमान जस्तो नेताले ।
सूर्यविनायक न.पा. ८ जगाती सिपाडोल
तुल्सी नारायण लाखेमरु
देश राम्रो हुन्छ गणेशमान र नारायणमान जस्तो नेताले












Leave a Reply