भक्तपुरमा फैसला कार्यान्वयनका लागि फरार
भक्तपुर — जिल्ला प्रहरी परिसर भक्तपुरले अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका सात जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, जगाती तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका सात जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार पक्राउ पर्नेहरूमध्ये बैंकिङ कसुर मुद्दाका चार जना र चेक अनादर मुद्दाका तीन जना रहेका छन्।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बैंकिङ कसुर मुद्दामा चार जनालाई १२ दिन कैद र दुई लाख रुपैयाँ जरिवाना तोकिएको छ। त्यस्तै, चेक अनादर मुद्दामा तीन जनालाई दुई वर्ष कैद र एक हजार पाँच सय रुपैयाँ जरिवाना तोकिएको छ। चेक अनादर मुद्दामा ५८ लाख रुपैयाँ बिगोसमेत रहेको प्रहरीले जनाएको छ।
दुवै मुद्दाका गरी सात जनालाई जम्मा दुई वर्ष १२ दिन कैद तथा दुई लाख एक हजार पाँच सय रुपैयाँ जरिवाना र ५८ लाख रुपैयाँ बिगो असुल गर्नुपर्ने देखिएको छ।
पक्राउ परेका सातै जनालाई आवश्यक कारबाहीका लागि सम्मानित जिल्ला अदालत भक्तपुरमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिएका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरले मंसिर ८ गते जारी गरेको प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।












Leave a Reply