कोरोना भाइरस रोकथामका स्वास्थ्य मापदण्ड उलंघन गर्ने भक्तपुरका ८ हजारलाई कार्वाही गरी ८ लाख राजश्व संकलन समेत भएको प्रजिअ पाण्डेले बताउनु भयोे । स्वास्थ्य मापदण्ड उलंघन गर्ने ५० हजारलाई सचेतना समेत यस अवधिमा दिएको चर्चा गर्दै उहाँले चाडपर्व लक्षित गतिविधी नियन्त्रण र बजार अनुगमणलाई अहिले प्राथमिकता दिएको पनि बताउनु भयो ।
रेडियो जनसञ्चारले स्थापना काल देखि हरेक वर्ष स्थापना दिवसको अवसरमा जनसञ्चार स्मारिका प्रकासन गर्दै आएको स्मरण गर्दै गृहका अध्यक्ष एवं स्टेशन म्यानेजर सुरेशप्रसाद सायंजूले सो अवसरमा सामुदायिक रेडियो पत्रकारीताका लागि रेडियो जनसञ्चारले समुदायको विषयवस्तु समुदायकै आवाजबाट प्रसारणलाई जोड दिन्दै आएको उल्लेख गर्दै वर्षभरीमा गरेका गतिविधिहरुलाई अभिलेखिकरण गर्न बार्षिकरुपमा जनसञ्चार स्मारिका विमोचन गर्दै आएको बताउनुभयो । भक्तपुरमै पहिलो पटक समुदायमा आधारित रेडियोको रुपमा विकास गर्न ग्रामिण क्षेत्रमा भन्दा धेरै चुनौति महसुस गरेको उल्लेख गर्नु भयो भयो । सामुदायिक भावना र रेडियो अभियान बारे समुदायमा जानकारी दिन आवश्यक भएकोमा जोड दिए । विभिन्न समस्या र चुनौतीहरुका बीच समुदायको अपनत्व हुने गरी समुदायमा आधारित रेडियोको रुपमा विकास गर्दै आएको उल्लेख गर्नु भयो ।
सो अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुस्कर बुढाथोकीले रेडियो जनसञ्चारले भक्तपुरका सञ्चार छेत्रमा छुटै योगदान गरी रहेको बताउनु भयो । रेडियो जनसञ्चारले गर्दै आएका सकारात्मक कुराहरु सबै स्मारिमा प्रकासित नभए पनि रेडियो जनसञ्चारले खेल्दै आएको भूमिका उल्लेखनिय रहेको आफूले पाएको बताउनु भयो । उहाँले साना सञ्चार गृहमा भन्दा ठूला सञ्चार गृहमा कोडिभ १९का कारण समस्या देखिएको बताउनु भयो । कोरोना भाइरसको संकतमा श्रमजीवी पत्रकारहरुलाई पारिश्रमिक नदिने र निकाल्ने सम्मका गतिविधी भइरहेको दुखद् भएको बताउनुभयो ।
राष्ट्यि नेवाः पत्रकार दवु भक्तपुरका अध्यक्ष रामगोपाल तमखुको समेत सहभागितामा भएको सो विमोचन भेलामा गृहका महासचिव प्रेम प्रजापतिले सहकर्मी साथीहरुको निरन्तर सहयोग र साथले रेडियो जनसञ्चार विकास हुँदै आएको बताउनु भयो । समुदायमा आधारित रेडियोको रुपमा विकास गर्न जनसञ्चार गृहका साथीहरुले नेतृत्व गर्दै आएको उल्लेख गर्दै सहयोगि समुदायमा धन्यबाद व्यक्त गर्नु भयो भने गृहका सदस्य कृष्ण किसीले २० वर्षे पत्रकारिताको अनुभावसँगसँगै रेडियो जनसञ्चारमा अवद्ध भइ पत्रकारिता गर्न पाएकोमा खुसि रहेको बताए । उहाँले भन्नुभयो, अझै पनि म यस रेडियोका लागि योगदान दिन चाहन्छु । सहभागी हुन चाहन्छु ।
गत चैत्र ११ गते जनसञ्चार विमोचन एवं रेडियोको ११ स्थापना दिवस मनाउने तयारीको क्रममा विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण सरकारले लक डाउन गरेपछि स्थगित भएको सो कार्यक्रम अन्तर्गत स्मारिका विमोचन आज आयोजना गरेको हो । स्मारिकामा जनसञ्चार गृह र रेडियो जनसञ्चारले वर्षभरी खेलेका महत्वपूर्ण गतिविधिहरु, अनुभव र सिकाईहरु तथा समुदायको सल्लाह सुझावहरुलाई प्रकासित गरेको छ ।









