श्री सेती देवी शारदा माध्यमिक विद्यालय शैक्षिक गुणस्तर र व्यावहारिक शिक्षामा अब्बल बन्दै

सुनकोशी गाउँपालिका–७, पाङ्ग्रेटार, सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–७ पाङ्ग्रेटारमा अवस्थित श्री सेती देवी शारदा माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा, आधुनिक भौतिक पूर्वाधार र व्यावहारिक शिक्षालाई प्राथमिकता दिँदै विद्यालयको समग्र विकासमा जोड दिँदै आएको छ। विद्यालयमा विद्यार्थीहरूको सहजताका लागि विद्यालय बसको सुविधा रहेको छ। साथै कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, पर्याप्त खेलमैदान तथा आवश्यक शैक्षिक पूर्वाधारको व्यवस्था रहेको छ। यी सुविधाले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक र व्यवहारिक सीप हासिल गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ। सिक्दै कमाउँदै कार्यक्रमबाट व्यवहारिक सीप विद्यालयको अर्को महत्त्वपूर्ण विशेषता विद्यार्थीहरूका लागि सञ्चालन गरिएको ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम हो। यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई व्यावसायिक तथा उद्यमशील सीप सिकाउने उद्देश्यले लेयर्स कुखुरापालन कार्यक्रमसमेत सञ्चालन गरिएको छ। यस कार्यक्रमले विद्यार्थीहरूलाई पशुपालन, कृषि उद्यम, उत्पादन व्यवस्थापन, श्रमको सम्मान र आत्मनिर्भर बन्ने सोच विकास गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ। विद्यालय तहदेखि नै व्यावहारिक ज्ञान र सीप प्रदान गरी भविष्यमा स्वरोजगार तथा उद्यमशील बन्ने आधार तयार गर्नु यसको मुख्य उद्देश्य हो। खेलकुद र सर्वाङ्गीण विकासमा जोड विद्यालयमा पर्याप्त खेलमैदानको व्यवस्था रहेकाले विद्यार्थीहरूले विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापमा सहभागी भई आफ्नो शारीरिक, मानसिक र सामाजिक विकास गर्ने अवसर पाएका छन्। पढाइसँगै खेलकुद, अनुशासन, सिर्जनशीलता र नेतृत्व विकासलाई समेत विद्यालयले महत्त्व दिएको छ। नमुना विद्यालय बनाउने लक्ष्य विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शारदा प्रसाद चालिसेका अनुसार विद्यालयको विकास भनेको भवन र भौतिक संरचना निर्माणमा मात्र सीमित नभई गुणस्तरीय शिक्षा, प्रविधिमैत्री सिकाइ, प्रयोगात्मक ज्ञान र विद्यार्थीको भविष्य निर्माणसँग जोडिएको विषय हो। उहाँले कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, विद्यालय बस, खेलमैदान तथा सिक्दै कमाउँदै कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै विद्यालयलाई गुणस्तरीय तथा नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो। विद्यालयको समग्र शैक्षिक उन्नति र विकासका लागि शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार तथा समुदायबीचको सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता, व्यवहारिक सीपसहित आत्मनिर्भर विद्यार्थी हाम्रो लक्ष्य।

श्री सेती देवी शारदा माध्यमिक विद्यालय परिवार सुनकोशी गाउँपालिका–७, पाङ्ग्रेटार, सिन्धुपाल्चोक। शारदा प्रसाद चालिसे विद्यालय व्यवस्थापन समिति अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *