भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले फैसला कार्यान्वयनका क्रममा फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुर तथा प्रहरी वृत्त ठिमी, जगाती र मातहतका प्रहरी टोलीले २०८३ कात्तिक २७ गते विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका दुई जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना बैंकिङ कसुर मुद्दाका प्रतिवादी रहेका छन्। उनलाई अदालतले दुई दिन कैद र एक लाख ३५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।
त्यस्तै, अर्का एक जना चेक अनादर मुद्दाका प्रतिवादी रहेका छन्। उनलाई एक हजार रुपैयाँ जरिवाना हुने फैसला भएको थियो।
पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि सम्मानित जिल्ला अदालत भक्तपुरमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिएका छन्।
प्रहरीका अनुसार पक्राउ परेका दुई जनाको कुल कैद सजाय दुई दिन र जरिवाना रकम एक लाख ३६ हजार रुपैयाँ रहेको छ।












Leave a Reply