सुनकोशी गाउँपालिका–७ का वडा अध्यक्ष ईश्वर तिमल्सिनाको राजनीतिक तथा सामाजिक यात्राले अहिले स्थानीय तहमा नयाँ चर्चा पाउन थालेको छ। विद्यालय जीवनदेखि नै राजनीति र सामाजिक सेवामा रुचि राख्दै आउनुभएका ईश्वर तिमल्सिना अध्ययनपश्चात् पनि सामाजिक तथा राजनीतिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएको व्यक्ति हुनुहुन्छ। स्थानीय जनताको सुखदुःख, गाउँको विकास र सामाजिक रूपान्तरणका विषयलाई नजिकबाट बुझ्दै उहाँले आफ्नो राजनीतिक यात्रा अगाडि बढाउनुभएको हो। वडा तहबाट जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्दै दुई कार्यकाल वडा अध्यक्षका रूपमा काम गर्ने अवसर पाउनुभएका तिमल्सिना हाल सुनकोशी गाउँपालिकाको प्रवक्ताको जिम्मेवारीमा समेत रहनुभएको छ। वडा अध्यक्षबाट गाउँपालिका प्रवक्तासम्म वडा तहमा रहेर स्थानीय नागरिकका आवश्यकता, विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी तथा सामाजिक समस्यासँग जोडिएर काम गर्दै आउनुभएका उहाँको अनुभव अब गाउँपालिकाको समग्र विकास र सार्वजनिक सरोकारका विषयसँग जोडिएको छ। गाउँपालिकाको प्रवक्ताका रूपमा पालिकाका गतिविधि, निर्णय तथा सार्वजनिक चासोका विषयमा सूचना र जानकारी प्रवाह गर्ने जिम्मेवारी पनि उहाँसँग जोडिएको छ। अबको यात्रा गाउँपालिका अध्यक्षतर्फ? वडा अध्यक्षबाट गाउँपालिका प्रवक्तासम्मको जिम्मेवारी सम्हाल्दै आउनुभएका ईश्वर तिमल्सिनाको आगामी राजनीतिक यात्रालाई लिएर स्थानीयस्तरमा चासो बढेको देखिन्छ। उहाँको आगामी लक्ष्य गाउँपालिका अध्यक्षको जिम्मेवारीसम्म पुग्ने हो कि भन्ने विषयमा पनि जनचर्चा हुन थालेको छ। स्थानीय नागरिकका बीचमा गाउँपालिकाको समग्र विकास, पारदर्शिता, सुशासन, कृषि आधुनिकीकरण, युवा रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका विषयमा नेतृत्वको भूमिका कस्तो हुनुपर्छ भन्ने बहस हुनु स्वाभाविक हो। जनताको आवाज र अपेक्षा जनताको अपेक्षा कुनै व्यक्तिको पद वा राजनीतिक आकांक्षामा मात्र सीमित हुँदैन। नागरिकले आफ्नो गाउँको विकास, सेवाप्रवाहमा सहजता, योजनाको प्रभावकारी कार्यान्वयन र जनताप्रति जवाफदेही नेतृत्व खोजिरहेका हुन्छन्। ईश्वर तिमल्सिनाको आगामी राजनीतिक यात्रामा पनि जनताको आवाज, सुझाव, आलोचना र अपेक्षाले महत्वपूर्ण स्थान पाउनेछन् भन्ने स्थानीय सरोकारको विषय हो। वडा अध्यक्षदेखि गाउँपालिका प्रवक्तासम्मको अनुभव बोकेका तिमल्सिनाको आगामी यात्रा कुन दिशामा अगाडि बढ्छ भन्ने कुरा उहाँको आफ्नै निर्णय, राजनीतिक प्रक्रिया र जनताको मूल्याङ्कनसँग जोडिनेछ। पदभन्दा ठूलो जनताको विश्वास, भाषणभन्दा महत्वपूर्ण काम र राजनीतिक यात्राभन्दा महत्वपूर्ण जनताको सेवा हो।
प्रस्तुति शारदा प्रसाद चालिसे












Leave a Reply